जेनजी जन-आन्दोलन तथा अन्तरिम सरकार निर्माण बार्ता कमिटि सह-सयोजक अर्जुन शाही द्वारा रास्ट्रपति संग भेटवार्ता
काठमाडौँ, २४ कात्तिक।
देशको बदलिँदो राजनीतिक परिस्थिति र सत्ता समीकरणको चर्चाका बीच जेनजी जन-आन्दोलन तथा अन्तरिम सरकार निर्माण वार्ता कमिटीका सह–संयोजक अर्जुन शाही र राष्ट्रपतिबीच राष्ट्रपति भवन शीतल निवासमा महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ।
भेटका क्रममा शाहीले जेनजी जनआन्दोलनले उठाएका आधारभूत माग, नयाँ पुस्ताको अपेक्षा, राजनीतिक स्थायित्व र मुलुकको भावी राजनीतिक दिशाबारे राष्ट्रपतिसँग गम्भीर छलफल गरेका छन्।
जेनजी आन्दोलनको पृष्ठभूमि निर्माणदेखि आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक रूपान्तरणको दिशामा लैजान शाहीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। रवि लामिछाने, बालेन्द्र शाह र जेनजी आन्दोलनका विभिन्न पक्षबीच संवाद तथा समन्वय स्थापित गर्न पनि उनको सक्रिय भूमिका रहेको थियो।
तत्कालीन राजनीतिक संक्रमणका बेला सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावको समन्वयमा समेत शाही सक्रिय थिए। कार्की प्रधानमन्त्री बनेपछि नेपालको नयाँ राजनीतिक परिस्थितिबारे भारतको धारणा बुझ्न उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र गृहमन्त्री अमित शाहसँग समेत भेटघाट गरेका थिए।
अन्तर्राष्ट्रिय कूटनीति तथा सम्बन्धमा स्नातकोत्तर गरेका शाही जंगी अड्डा, सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समन्वय स्थापित गर्ने राजनीतिक प्रक्रियामा समेत सक्रिय रहँदै आएका छन्।
आन्दोलनको नेतृत्वदायी भूमिका, राजनीतिक समन्वय र अन्तर्राष्ट्रिय कूटनीतिक सम्पर्कको अनुभव बोकेका शाहीको राष्ट्रपतिसँगको पछिल्लो भेटलाई जेनजी आन्दोलनको भावना सम्बोधन गर्ने, नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व तथा निकासतर्फ अघि बढाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।