देश बनाउन कोहि नेताहरुपनि आएनन्, अबको आशा बालेन र युवाहरु हुन् : युवा नेता अर्जुन

युवा नेता कथा कुटनैतिकका जानकार अर्जुन बिक्रम शाहीले टिभी टिडे एचडी बाट प्रसारण हुने कार्यक्रम “द फ्युरी अफ द नेशन” मा आफ्नो विचार राख्दै देश नबन्नुमा सवै पुराना र केही नया भनिएका नेतृत्वको कमजोरी भएको बताएका छन् । 

उनले कार्यक्रममा देश बनाउन आफ्नो भीजनले काम गर्ने बताउदै युवाहरुलाई देशमै बस्न आग्रह पनि गरे ।पछिल्लो समय देश बाहिर जाने युवाहरुको लहर देखेर आफु चिन्तित भएको पनि उनले बताए । यसलाई रोक्न सरकारले स्पस्ट निति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । 

रवि लामिछाने नेतृत्वको दल २ पटक सरकारमा जानु निकै ठुलो कमजोरी हो भन्दै रास्वपाको क्रेज घटेको पनि उनले स्वीकारेका छन् ।यो कार्यक्रम टिभी टुडे टेलिभीजनबाट भोली शनिवार राति ९ः३० बजे र आईतबार विहान ९ः३० बजे पुन: प्रसारण हुनेछ । यस कार्यक्रमका प्रस्तोता एचबी ताम्राकार हुन । 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार