रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।   उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । 

सो मुद्दामा उच्चमा बिहीबारदेखि  बहस सुरु भएको थियो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए । 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार