त्रिभुवन विश्वविद्यालयको स्वबियु निर्बाचनमा जोशी विजयी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियु निर्वाचनको अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् । 

जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराएका हुन् । जोशीले ७८९ मन ल्याउँदा भट्टले भने ७८१ मत पाए । त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए भने स्वतन्त्र उठेका पदमा भुषालले १६६ मत प्राप्त गरे । त्यस्तै अर्का स्वतन्त्र उज्ज्वल खड्काले भने ७१७ मत ल्याए ।

यसअघि २०७९ सालकाे निर्वाचनमा समेत नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार