
अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्षका उम्मेदवार : महेन्द्र चन्द
विद्यार्थी नेता महेन्द्र चन्द: युवाहरूका लागि आशा र परिवर्तनको प्रतिक
नेपालको शैक्षिक इतिहासमा विद्यार्थी आन्दोलनले सधैं परिवर्तनका लागि सशक्त भूमिका निर्वाह गरेको छ। यी आन्दोलनहरूले शैक्षिक सुधार, सामाजिक न्याय, र राजनीतिक परिवर्तनको बाटो खोल्दै युवाहरूलाई एकजुट बनाएको छ। यसै पृष्ठभूमिमा, अखिल (क्रान्तिकारी) बाट खारिएका महेन्द्र चन्द जस्ता नेताहरूको भूमिका महत्त्वपूर्ण बनेको छ।
त्रिचन्द्र क्याम्पसका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका महेन्द्र चन्द एक प्रभावशाली विद्यार्थी नेता हुन्, जसले विद्यार्थीका केवल नेतृत्व विकासमा योगदान मात्रै पुर्याएका छैनन, विद्यार्थीहरूको समस्यालाई राष्ट्रिय मञ्चमा पुर्याउने साहस देखाएका छन्। उनका विचार र गतिविधिहरूले उनलाई शैक्षिक, सामाजिक, र राजनीतिक परिवर्तनको मार्गदर्शक व्यक्तित्व बनाएको छ।
महेन्द्र चन्दको नेतृत्व क्षमताः विद्यार्थीहरूको पक्षमा सशक्त आवाज
महेन्द्र चन्दले आफ्नो नेतृत्वकालमा विभिन्न शैक्षिक र सामाजिक मुद्दाहरूमा उल्लेखनीय योगदान दिएका छन्। त्रिचन्द्र क्याम्पसका उपाध्यक्षको रूपमा, उनले विद्यार्थीहरूको हितका लागि थुप्रै कार्यक्रम सञ्चालन गरे। उनले पुस्तकालयको स्तरोन्नति, छात्रवृत्ति कार्यक्रमको विस्तार, र शैक्षिक सामाग्रीहरूको सहज पहुँचलाई प्राथमिकतामा राखेका थिए।
उनले विशेष गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शिक्षा, छात्रावास सुविधा, र यातायात समस्यालाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेले। महेन्द्रको नेतृत्वले विद्यार्थीको आवाज मात्रै बुलन्द गरेको छैन,उनीहरूको भोलि भबिस्य सुनिश्चित गर्न ठोस योजनाहरू प्रस्तुत गरेको छन।
विद्यार्थी राजनीतिमा समर्पण र विचारशीलता
महेन्द्र चन्द केवल विद्यार्थी नेता मात्र होइनन्, उनी एक गहिरो विचारशील राजनीतिज्ञ पनि हुन्। माक्सवादी सिद्धान्त र समाजवादप्रतिको उनको प्रतिबद्धताले उनीलाई शोषित र सीमान्तकृत वर्गको पक्षमा लड्न प्रेरित गरेको छ। उनका विचार र संघर्षले निजीकरण र माफियाकरणविरुद्ध सशक्त आन्दोलन खडा गरेको छ, जसले शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने लक्ष्य राखेको छ।
उनले “शिक्षामा निजीकरणको अन्त्य, शिक्षाको समाजवादी मोडल, र समान अवसरको सुनिश्चितता” भन्ने नारालाई अगाडि सारेका छन्। उनका यी पहलहरूले विद्यार्थीहरूको आर्थिक र शैक्षिक अवस्थालाई सुधार्ने प्रत्यक्ष प्रभाव पार्नेछ।
नयाँ सोच र नवप्रवर्तनको माध्यम
महेन्द्र चन्दले क्रान्तिकारी आन्दोलनमा ‘डिजिटल अधिकार’ र ‘युवा उद्यमशीलता’लाई महत्त्व दिएर नयाँ सोच प्रस्तुत गरेका छन्। उनले क्रान्तिकारी विद्यार्थी रोजगार बैंक स्थापनाको अवधारणा अगाडि सारेका छन्, जसले हजारौं युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार प्रदान गर्ने लक्ष्य राखेको छ। यसबाहेक, उनी शैक्षिक अनुसन्धानको विस्तार र विद्यार्थीहरूलाई अनुसन्धानमा प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय सम्मेलनहरूको आयोजनाको पक्षमा छन्।
विद्यार्थी सुरक्षामा उनका ठोस योजना
विद्यार्थीहरूको सुरक्षा र सुविधा महेन्द्र चन्दको प्राथमिकतामा पर्छ। उनले विद्यार्थी सुरक्षा कोष निर्माणको अवधारणालाई अघि बढाएका छन्, जसले आर्थिक समस्याले थिचिएका विद्यार्थीहरूलाई सहयोग पुर्याउनेछ। यससँगै, उनले शिक्षा ऋण, आंशिक रोजगारी, र उद्यमशीलता तालिमजस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेका छन्, जसले नेपाली युवाहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्नेछ।
महेन्द्र चन्दलाई किन मतदान गर्ने?
- व्यावसायिक अनुभव र नेतृत्व क्षमताः महेन्द्र चन्दको अनुभव र नेतृत्व क्षमताले विद्यार्थीहरूको हकहितलाई सशक्त रूपमा अगाडि बढाएको छ।
- शैक्षिक सुधारको प्रतिबद्धताः उनी शिक्षामा निजीकरण र माफियाकरणको अन्त्य गर्दै, गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि प्रतिबद्ध छन्।
- विद्यार्थी सुरक्षाको पहलः विद्यार्थी सुरक्षा कोष, रोजगारी बैंक, र डिजिटल अधिकारका कार्यक्रमहरूले उनको योजनालाई व्यावहारिक बनाएको छ।
- समाजवादी दृष्टिकोणः उनी शैक्षिक समानता, सामाजिक न्याय, र युवाहरूको सहभागितामा विश्वास गर्छन्।
- भविष्यप्रति दृष्टिकोणः महेन्द्रले नेपालका विद्यार्थीहरूलाई उद्यमशीलता, अनुसन्धान, र नवप्रवर्तनमा संलग्न गराउन ठोस योजना प्रस्तुत गरेका छन्।
महेन्द्र चन्दकाे नेतृत्वले उज्जवल भोलिको निर्माण गर्ने विश्वास
महेन्द्र चन्द नेतृत्वको उदाहरण मात्र होइन, प्रेरणा पनि हुन्। उनी मात्र विद्यार्थी नेता होइनन्, विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार अभिभावक हुन्।
विद्यार्थीहरूको हकहित, समानता, र न्यायको लागि उनको समर्पण र स्पष्ट दृष्टिकोणले उनलाई त्रिचन्द्र क्याम्पसको इतिहासमा मात्र होइन, सम्पूर्ण विद्यार्थी आन्दोलनको इतिहासमा अमर बनाउनेछ।
महेन्द्र चन्दलाई मतदान गर्नु भनेको न्याय, समानता, र समृद्धिको पक्षमा आफ्नो आवाज बुलन्द गर्नु हो। यो समय उनीजस्ता नेतृत्वकर्ता चुन्ने हो, जसले हाम्रो शिक्षा, समाज, र भविष्यको लागि स्थायी परिवर्तन ल्याउन सक्छ।