खुट्टाले लेखेरै ३.३७ जिपिए ल्याउनेलाई डा. सुनिल शर्माले वितरण गरे ल्यापटप

गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा – ४ का लक्ष्मण कँडेलका १९ वर्षीय छोरा ऋषिराम कँडेलले खुट्टाले लेखेरै ३.३७ जिपिए ल्याएर श्रृंगा जनता मावि गुल्मीबाट एसइई उत्तीर्ण गरेका छन् ।

ऋषिराम कँडेलले सोहि जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय चन्द्र भण्डारी लाई ल्यापटप आवश्यक भएको कुरा जानगारी गराए ।उक्त विषयलाई मनन गर्दै डा. शर्मा एक्सनमै उत्रीए ।

आज ऋषिरामका लागि एउटा ल्यापटपको व्यवस्था गरि डा. शर्माले चन्द्र भण्डारीलाई हस्तान्तरण गर्नुभयो। ऋषिरामलाई आगामी अध्ययनकार्यमा सफलताको शुभकामना दिदै नेपालका लोकप्रिर्य सासंद डा. सुनिल शर्माले आफ्नो समाजप्रतिको लगाबमा कुनै कमि हुन दिएनन् । 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार