



काठमाडौँ । शंकर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’को छायांकन सकिएको छ । दुई चरण गरेर फिल्मको छायांकन ३५ दिनमा सकिएको हो ।
चितवनको भरतपुरमा अन्तिम दृश्य खिचिएको फिल्मको इन्डक्ल्याप भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले छायाङ्कन स्थल मै गयर गरेकी थिइन् ।
मेयर दाहालले फिल्म भरतपुरमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवादसहित टोकनअफ लभ समेत दिएकी थिइन् । उक्त अवसरमा मेयर दाहालले ‘तेल भिसा’लाई सफलताको शुभकामना दिँदै फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू फिल्म हेर्ने उत्सुक रहेको बताइन् र यो फिल्म बाट समग्र चितवन मेघौली, चनौली लगायत का स्थानहरुको प्रयटन प्रबध्यन हुने कुरा मा बिस्वत पनि भएको बाताइन।
फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । जहाँ ७० प्रतिशत छायांकन गरिएको थियो । त्यसपछि फिल्म युनिट चितवनको भरतपुर पुगेको थियो ।
फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिकामा देखिनेछन् । विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् ।
आगामी मंसिर ७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।
पहिलो पोस्टर रिलिज भय सँगै बिपिन कार्की द्वारा अभिनत यो फिल्म ले बक्स अफिस मा अर्को ईतिहास रच्ने अपेक्षा गरिएको छ।