एमाले र काङ्ग्रेसको दादागिरी राप्ती नगरपालिकामा छताछुल्ल

चितवन:
राप्ती नगरपालीका मा बिगत सात महिना देखि आफुलाइ नेपालका ठुला मानिएका दलहरु काङ्ग्रेस र एमालेका कारण त्यहाको प्रशासनिय कार्यहरु ठप्प बनाएका छन । मेयर शमशेर लामालाइ एमाले र काङ्ग्रेसका जनप्रतिनिधिहरुले नगरपालिकामा आफ्नो स्पष्ट बहुमत भएको हुनाले हाम्रो इसारामा काम गर्नु पर्ने , काम नगरे नगर प्रमुखलाइ समेत कुर्सिमा बस्न नदिने घुमाउरो धम्की दिदै आएको पाइएको छ । असार ३१ गते नगर प्रमुखलाई असफल बनाउने उदेश्यले आफ्नै नगरपालिकाका ५१ प्रतिशत नगर सभा सदस्यहरुले हालेको रिटले लामो समय देखि नगर प्रमुख अदालतको चक्कर काट्दै बिताइरहेको पाइएको छ त्यही सिलसिलामा सोमवार पनि उनि उच्च अदालत हेटौडाको वरिपरिनै घुमिरहे । ५१ प्रतिशत भन्दा बढि करिब दुइतिहाइ भन्दा बढी काङ्ग्रेस र एमालेबाट निर्बाचित भएका नगर सदस्यहरुले कार्यकक्षमा तालावन्दि गरेर कार्यपालिकाको बैठक माग गरेपछि उनि झन निराश देखिएका छन । काङ्ग्रेस र एमाले बाट निर्बाचित नगर सदस्यहरुको दोहोरो चरित्र देखेर त्यहाका स्थानियहरु निकै आक्रोशित भएको पाइएको छ ।आफै ताला लगाउने, आफै रिट दायर गर्ने नगर सभा जस्तो संवेदनशिल जनताको रुप रेखा कोर्ने थलोलाइ काग्रेस, एमालेका जनप्रतिनिधिले बार्षिक नीति तथा कार्यक्रमलाई प्रभावित पारेपछि कसरी विकास गर्ने, कसरि जनताको गुनासोहरुलाइ सम्बोध न गर्ने भन्ने आम जनताका चासोको बिषयहरुमा आम स्थानीय बासी चिन्तित देखिए । त्यही क्रममा एकजना स्थानियबासी राजु पान्डेले काङ्ग्रेस र एमालेको दादागिरी अब धेरै दिन नटिक्ने भन्दै अब स्थानीयबासिहरु सडकमा आएर काम गर्न नदिने वडा सदस्यहरुलाइ जनताले बहिस्कार गर्ने कुरा ब्यक्त गर्नु भयो ।

मेयर लामाले असार ३१ फैसला आउला भन्ने आसा सहित र सोही दिन नै नगरसभा आव्हानको तयारी गरेका थिए सम्पुर्ण तयारि अन्तिम चरणमा पुगेको बेला ठुला दलका सदस्यहरुले आफ्नो ब्यक्तिगत इच्छा र आकङ्क्षाहरु पूरा गर्नु पर्ने भाषा घुमाउरो तरिकाले नगर प्रमुखलाइ भन्दै आएका थिए ।नगर प्रमुखले जनताका रगत र पसिनाले आएको करलाइ बिकासमा खर्च गर्ने र कसैका ब्यक्तिगत इच्छा र महत्वाकांक्षा पूरा गर्न नदिने भन्दै हप्काएको दिन देखि टसमस भएको पाइएको छ । नगर सदस्यहरु भ्रष्टाचारको खोल ओडेर बसेको हुनाले यस्तो अबस्था आएको स्थानिय बासी रबिन्द खनालले बताउनु भयो ।
मेयर लामालाई अवको विकास कसरी गर्ने भन्ने हुटिहुटिले निकै चिन्तित बनाएको छ ।एमाले र काङ्ग्रेसको दुइतिहाइको घमण्ड र अहंकार छिट्टै सक्किने एक स्थानीय बासिले रेड्स्टार न्युजलाइ जानकारी गराउनु भयो । दुई दलको राजनैतिक खिचातानिको कारण आफुलाइ पछाडी पार्न खोजिएको उहाले बताउनु भयो । बहुमत नभएको आफ्नो नेतृत्वलाइ ठुला पार्टीले अल्पमतमा छस भन्दै बारम्बार घोचिरहेको उनले बताए । यो कहिले सम्म ? कहिले सम्म यसरी दुख दिने उनले उल्टै प्रश्न गरे । गएको आर्थिक बर्षलाइ निशुल्क शिक्षा बर्षको रुपमा योजना ल्याएकोमा, यो बर्ष आफू लामो समयदेखी अदालतको चक्कर काट्दा काट्दै आफुलाइ अदालत बर्ष जस्तो भएको भन्दै गुनासो गरे । आफू अदालत जादा समय र पैसा खर्च भएको सोहि समय र पैसाले जनताको लोकप्रिय काम भैसक्ने उहाले बताउनु भयो । बिकासमा राजनिति नगर्न उहाले सबै राजनीतिक दल र तिनका सदस्यहरुलाइ आग्रह गर्नु भयो ।
संवैधानिक व्यवस्था अनुसार असार १० भित्रै स्थानीय सरकारले बजेट ल्याउनुपर्ने हुन्छ तर, सोहि दिनै सम्मानित उच्च अदालतले रिटको लागी आवश्यक कागजपत्र मगाएको छ । झन नगरसभाको डेटलाइन असारको अन्तिम थियो । त्यो पनि अव सम्भावना नरहेको उहाको भनाइ छ । नगरसभा गर्नको लागी कार्यपालिका बैठक आव्हान गर्नुपर्छ । कार्यपालिका बैठक बोलाउन आवश्यक कागजपत्र चाहिन्छ । फाल्गुन ९ गते बाट लगाएको ताला अहिले सम्म खोल्न नदिएको उक्त ताला आफैले खोले राजनीतिक दुर्घटना हुने चेतावनी ठुला दलहरुले दिने गरेको पाइएको छ ।
आफुलाइ अपुरो र अधुरो रिट हालेर सम्मानित अदालतलाइ समेत भ्रममा राख्न खोजेको उनले आरोप लगाए ।
आफुले निति तथा कार्यक्रममा जनताका लागी लोकप्रिय कार्यक्रम ल्याएको हुनाले र कामहरु गरेको हुनाले बिकास बिरोधिहरुले नगर सभा ठप्प पारेको उहाको भनाइ छ ।जनताका दुख र सुखमा साथ दिनुको सट्टा बिकास बिरोधी भएको र बिकासका नाममा राजनीति गरे त्यस्को परिणाम छिट्टै जनताले देखाइदिने उहाको भनाइ छ । जनताको काम गर्दा बाधा अबरोध गर्नु आफैमा लाजमर्दो कुरा हो ।
राम्रो काम गर्दै जादा जनताले साथ दिएको र राम्रो काम गर्न नदिने , नगर सभा ठप्प पार्ने, विभिन्न अनावश्यक मागहरु राख्ने,घुमाउरो चेतावनी दिने, आफुलाइ घेराबन्दीमा राख्ने , जनताका दुख पीडा बुझे आफुहरुलाइ असहज हुने भन्दै नगर सदस्यहरुले बारम्बार नगरसभा बहिस्कार गर्ने गरेको उहाको भनाइ छ। नगर सभा भित्रै दादागिरि देखाउने आफ्नो हित अनुसार काम गराउन खोज्ने त्यसो हुदैन भन्दा नगर सभा ठप्प पार्ने चेतावनीलाई अब जनताले बुझिसकेको र त्यस्ता चेतावनिलाइ जनताले निस्तेज पार्ने पनि बताउनु भयो ।
अन्त्यमा बिकासका नाममा राजनीति नगर्न प्रमुख ठुला दलहरुलाइ आग्रह गर्नु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार