बिपिन कार्की स्टारर फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार बेलुका फस्टलुक पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गते रिलिज हुने घोषणा गरेका हुन् ।
पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । सोमबारदेखि नेपालमा दोस्रो चरणको सुटिङ सुरु हुनुअघि प्रदर्शन मिति तय गरिएको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र वृद्ध गरी दुई फरक चरित्रमा चित्रण गरिएको छ ।
पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित अमेरिकी कलाकार छन् । उपयुक्त मिति लागेर नै यो मितिमा प्रदर्शन घोषणा गरिएको निर्देशक शंकर घिमिरे बताउँछन् ।
बुद्धि तामाङ पनि शीर्ष भूमिकामा छन् । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ ।
तेल भिसा को रिलीज़ मंगसिर ७ :
अमेरिकाको शूटिंग सकेर नेपालमा छायांकन भयेको फ़िल्म तेल भिसा यही मंगसीर ७, November २२ मा रिलीज़ हुने छ! आज तपाईहरूको आफ्नो फ़िल्म तेलभिसा को रिलीज़ डेट एनाउनसमेंट पहिलों पोस्टर सार्वजनिक गरेका छौ! माया र सद्भाव दिनु होला ।
कास्ट- बिपिन कार्की, बर्षा राउत, पूजा चंद, ऋचा घिमिरे, बुद्धि तामांग आदी..
Well done creation presents
Richa Ghimire’s TEL-VISA
Producer:Anil Pandey/Shivraj Karki
Executive producer:
prince Yubraj Karki
Shruti Dahal
DOP:- Sushan Prajapati
Edit:- Anjay Khadka
Music:Aashish Abiral,Kalyan Singh/Krishna Bhardwaj
Choreographer:-Ramji Lamichane/Shishir Khati
Media consultant- Dinesh sitaula