प्रधानमन्त्री दाहालले भनेः ओलीले यसरी धोका दिन्छन् भन्ने लागेको थिएन

 

 

 

 

  1. काठमाडौँ-प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले धोखा दिएको गुनासो गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै दाहालले आफूलाई झुक्याएर कांग्रेससँग सत्तायात्रा थालेको बताएका हुन्।

उनले आफूले ओलीले चिने पनि सच्चिएका होलान् भनेर विश्वास गर्दा धोका खाएको सुनाए। दाहालले संसदीय दलको बैठकम भने, ‘केपी ओलीलाई नबुझेका त थिएनौ। हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्यो। मान्छे हो भन्ठाने तर यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार