युटुबर गङ्गा लामा पक्राउ

काठमाडौं । युट्युबर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ । युट्युब च्यानल गुड टिभीकी सञ्चालिका लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको साइबर ब्यूरो स्रोतले जनाएको छ ।

साइबर ब्यूरोले उनलाई पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखेको छ । उनले केहीदिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन् । मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएर काठमाडौं बस्ने लामालाई प्रहरीले विद्युीत्तय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

 |

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार