काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपक बोहराको निधन भएको छ । बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि घाँटीको समस्याबाट गुज्रिएका उनको मंगलबार उपचारकै क्रममा निधन भएको हो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाइ हराएर निर्बाचित भएका थिए ।